श्रृंखलावद्ध कूटनीतिक प्रयासले नै उतारचढाव भोगिरहेको विश्वका लागि मूल्यवान स्थिरता र निश्चितता ल्याएको
2022-09-29 09:23:41cri
Share with:

 

विगत एक साता न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघीय मुख्यालयमा चिनियाँ प्रतिनिधि मण्डलले ७७औं संयुक्त राष्ट्र संघीय महासभाको सामान्य बहसमा सम्बोधन गरेबाहेक अनेकौं बहुपक्षीय बैठकहरूको अध्यक्षता गरेको छ। चीनका परराष्ट्र मन्त्रीले दश जनाभन्दा बढी विदेश मन्त्री र अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरूसँग भेटघाट गर्नुभयो। श्रृंखलावद्ध कूटनीतिक प्रयासले नै उतारचढाव भोगिरहेको विश्वका लागि मूल्यवान स्थिरता र निश्चितता ल्याएको छ।

चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले संयुक्त राष्ट्र संघीय महासभाको सामान्य बहसमा सम्बोधन गर्दै राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्रस्तुत विश्व सुरक्षा प्रस्ताव र विश्व विकास प्रस्तावबारे व्याख्या गर्नुभयो। यसबाट श्रृंखलावद्ध ठूलो अन्तर्राष्ट्रिय समस्याहरूमा चीनको सिद्धान्त र अडान पुष्टि गरिएको छ।

हाल रुस र युक्रेनको भिडन्त विश्व शान्ति र सुरक्षाको सामु देखापरेको चुनौती हो। यस पटकको संयुक्त राष्ट्र संघीय महासभाको दौरान चीनका परराष्ट्र मन्त्रीले रुस र युक्रेनका विदेश मन्त्रीहरूसँग छुट्टा छुट्टै रुपमा भेटघाट गर्नुभयो, युक्रेन समस्यासम्बन्धी संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको विदेश मन्त्रीहरूको सम्मेलनमा भाग लिनुभयो।

चीनले विभिन्न मुलुकको सर्वभौमिकता र भूभागको अक्षुण्णताको सम्मान गरिनुपर्ने, संयुक्त राष्ट्र संघको बडापत्रको सिद्धान्त पालना गरिनुपर्ने कुरा प्रस्तुत गरेको छ।

चीनको अध्यक्षतामा “विश्व विकास पहलका लागि मित्र समूह”  का मन्त्रीहरूको सम्मेलन सुचारु रुपमा आयोजना भएको छ। चीनले उक्त सम्मेलनमा संयुक्त राष्ट्र संघको सन् २०३० विषयसूचीलाई व्यवहारमा उतार्नका लागि सात वटा कारवाही अघि बढाउने घोषणा गरेको छ। गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, औद्योगिकीकरण, स्वच्छ ऊर्जा स्रोत, डिजिटल शिक्षा लगायत विभिन्न पक्षको उच्च मूल्यांकन गरिएको छ।