पाकिस्तानी विदेशमन्त्रीको धारणाप्रति चिनियाँ परराष्ट्रमन्त्रालयको सक्रिय मूल्याङ्कन
2022-09-30 20:08:28CRI
Share with:

पाकिस्तानी विदेशमन्त्रीले अन्तर्वार्ता दिंदै चीनबारे सकारात्मक धारणा राखेको भन्दै चिनियाँ परराट्र मन्त्रालयका प्रवक्ता माउ निङले ३० तारिख नियमित पत्रकार सम्मेलनमा यसले चीन-पाकिस्तानको मित्रता र आपसी विश्वास देखाएको कुरा बताउनुभयो। 

प्राप्त जानकारी अनुसार पाकिस्तानी विदेशमन्त्री बिलावाल भुट्टो जर्दारीले २७ तारिख अमेरिकी “वैदेशिक नीति” पत्रिकालाई अन्तर्वार्ता दिनुभएको थियो। चीनले बाढी प्रतिरोधमा पाकिस्तानलाई पर्याप्त प्रयास नगरेको भन्ने प्रश्नको उत्तर दिंदै उहाँले यो भनाइ गलत भएको भन्दै खण्डन गर्नुभयो। उहाँका अनुसार, हरेकपटक पाकिस्तानले कठिनाइ भेटेको बेला चीनले सहयोग दिएको छ। चीनले सबैभन्दा छिटो रूपमा पाकिस्तानको अर्थतन्त्रलाई सहयोग गर्ने र पाकिस्तानले बाढीको प्रतिरोधमा सहायता गर्ने निर्णय गरेको छ। 

प्रवक्ता माउ निङका अनुसार, चीन र पाकिस्तान देश सीमाले जोडिनुका साथै भाग्य पनि जोडिएको छ। दुवै देशले सधैं आपसी सहयोग कायम राखेका छन्। पाकिस्तानमा यसपटक बाढी प्रकोपपछि चीनको सहयोगसँग दुइ विशेषता छन्। पहिलो गति तीव्रता, परिमाण ठूलो र शक्ति बलियो छ। दोस्रो, पूरै सरकार, समाज र विभिन्न क्षेत्रबाट सहयोग गरिएको हो।