दशैंको दुई दिनबाहेक आरोहण अनुमति निरन्तर
2022-09-30 15:48:00CRI
Share with:

नेपाल पर्वतारोहण संघबाट दशैंको दुई दिनबाहेक अन्य दिन निरन्तर आरोहण अनुमति जारी हुने भएको छ। 

संघले बिहीबार एक सूचना जारी गरी १८ र १९ असोज (नवमी र दशमी) का दिन मात्र दशैंको सार्वजनिक बिदा हुने जानकारी गराएको हो। 

यसबाहेक २१ असोजमा परेको शनिबार बाहेक अन्य सबै दिन बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म आरोहण अनुमति जारी रहने संघले जनाएको छ । पर्वतारोहण संघले विभिन्न २७ वटा हिमालको आरोहण अनुमति जारी गर्ने र ती हिमालको प्रबर्द्धन गर्दै आएको छ।