राष्ट्राध्यक्ष सी चिनफिङद्वारा शहीद दिवसको अवसरमा जन बहादुर स्मारकसमक्ष पुष्प गुच्छा अर्पण
2022-09-30 15:53:59cri
Share with:

सेप्टेम्बर ३० तारिख चीनको शहीद दिवस हो। ३० तारिख बिहानै चिनियाँ जन बहादुरहरूको स्मारक स्तम्भमा पुष्प गुच्छा अर्पण गर्ने कार्यक्रम आयोजित भयो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङसहित चिनियाँ कम्युनिष्ट पार्टी तथा अरू नेतागणहरूका साथै विभिन्न क्षेत्रका प्रतिनिधिहरू सो कार्यक्रममा सहभागी हुनुभएको छ। उहाँहरूले चिनियाँ राष्ट्रको प्रतिनिधित्व गर्दै शहीदको सम्झनामा स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभएको छ।

 

सन् २०१४ को अगष्टदेखि चीनले हरेक वर्षको सेप्टेम्बर ३० तारिखलाई शहीद दिवस मनाउने निश्चित गरेको थियो। हरेक वर्ष चीनले राजधानी शहर पैचिङको थ्येन आन मन चोकमा रहेको जन बहादुर तथा शहीद स्मारकमा सम्झना कार्यक्रमको आयोजना गर्दछ।