चीनका प्रधानमन्त्री ली खछ्याङद्वारा चीनको मित्रता पुरस्कार जितेका विदेशी विशेषज्ञसँग भेट-वार्ता
2022-10-01 16:42:32CRI
Share with:

चीनका प्रधानमन्त्री ली खछ्याङले सेप्टेम्बर ३० तारिख दिउँसो जनबृहत् सभा भवनमा सन् २०२२ चीन सरकारी मित्रता पुरस्कार जितेका विदेशी विशेषज्ञहरूसँग भेट-वार्ता गर्नुभएको छ। उपप्रधान मन्त्री हान चङले पनि भेटवार्तामा भाग लिनुभयो। 

प्रधानमन्त्री लीले पुरस्कार जितेका विदेशी विशेषज्ञहरूलाई हार्दिक बधाई दिनुभएको छ। उहाँले चीनको सुधार तथा खुलापन र चीन-विदेश मैत्रीपूर्ण आदानप्रदानमा विशेषज्ञहरूको योगदानमाथि उच्च मूल्याङ्कन गर्नुका साथै उनीहरूमार्फत् चीनमा कार्यरत् सबै विदेशी विशेषज्ञ तथा परिवार र चीनको विकासलाई समर्थन दिने अन्तर्राष्ट्रिय मित्रलाई हार्दिक अभिवादन व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री लीका अनुसार, विदेशी विशेषज्ञ मित्रहरू दूत हुन् र चीन तथा विश्वलाई जोड्ने महत्वपूर्ण पुल हुन्। चीनले सक्दो प्रयासमा चीनमा कार्यरत् विशिष्ट प्रतिभाहरूलाई सुविधा र राम्रो सेवा दिनुका साथै वैज्ञानिक अनुसन्धानको वातावरण, नवीनतम् मञ्चलगायत क्षेत्रमा अझ बढी समर्थन दिनेछ। विदेशी विशेषज्ञहरूले विविध तरिकामार्फत् चीनको आधुनिकीकरण निर्माणमा भाग लिन हार्दिक स्वागत प्रधानमन्त्री लीले व्यक्त गर्नुभएको छ।