चीन र राष्ट्र संघीय संस्थाबाट नेपाली अस्पताललाई फोहोर व्यवस्थापन प्रबन्ध हस्तान्तरण
2022-10-01 17:41:14CRI
Share with:

चीनले राष्ट्र संघीय विकास योजनाको “चिनियाँ अनुभव सिकेर एशिया-प्रशान्त क्षेत्रमा कोभिड-१९को सामना क्षमता बढाउनका लागि सहायता कार्यक्रम” मार्फत् बीरगञ्ज सहरको नारायणी अस्पताललाई फोहोर व्यवस्थापन प्रबन्ध दिएको छ। यो चीन सरकारले विश्व विकास तथा दक्षिण-दक्षिण सहयोग सहयोग कोषको कार्यक्रममा पूँजी लगाएको हो। हस्तान्तरण समारोह सेप्टेम्बर २९ तारिख आयोजित भएको छ। जसबाट बराबर ७० वर्षको इतिहास रहेको बीरगञ्जको नारायणी अस्पतालसँग आफ्नो फोहोर व्यवस्थापन केन्द्र भएको छ। यसबाट पहिला चिकित्सा फोहोर जथाभावी फ्याँक्ने अवस्था अन्त्य भएको छ।