तिब्बतसँग सिमा जोडिएको गोरखाको चुमनुब्रीलाई चीन सरकारको एक्साभेटर सहयोग
2022-10-02 15:44:09CRI
Share with:

गोरखाको चुमनुब्री गाउँपालिकालाई चीन सरकारले एक्साभेटर सहयोग गरेको छ। सडक सञ्जालले नजोडिएको चुमनुब्रीमा अहिले नेपाली सेनाले सडकको ट्रयाक खोल्दैछ।

चुमनुब्री सहित सिमा जोडिएका १४ जिल्लाका १४ पालिकालाई एकैखाले एक्साभेटर सहयोग गरिएको हो। तिब्बत स्थित महाबाणिज्यदुतको कार्यालयले पालिकाहरूलाई रसुवागढी नाकामा एक्साभेटर हस्तान्तरण गरेको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताउनुभयो। 

भन्सार छुटको प्रक्रिया ढिला हुँदा चुमनुब्री गाउँपालिकाले केहीदिन अघि मात्रै गोरखा सदरमुकाममा एक्साभेटर ल्याईपुर्याएको छ। जिल्ला समन्वय समिति परिसरमा राखिएको उक्त एक्साभेटर दशैँ लगत्तै गाउँपालिका लैजाने तयारी गरिएको छ।

एक्साभेटर सडक बिस्तारका लागि प्रयोग गरिने प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताउनुभयो। यस अघि पनि सिमान जोडिएका ठाउँमा चीन सरकारले सहयोग गर्दै आएको थियो।