विकसित मुलुकको मौद्रिक राजनीतिद्वारा विश्व अर्थतन्त्रलाई गिराउने
2022-10-04 17:40:31cri
Share with:

अक्टोबर ३ तारिख सँयुक्त राष्ट्र संघको व्यापार तथा विकास सम्मेलनले विकसित मुलुकको मौद्रिक प्रणाली तथा आर्थिक राजनीतिबाट विश्वको अर्थतन्त्र गिर्ने र मन्द हुने अनुमान गरेको छ। सो समस्या सन् २००८ को अन्तर्राष्ट्रिय आर्थिक मन्दी तथा सन् २०२० को कोरोना हामारीबाट आएको चुनौतीभन्दा झन् गम्भीर हुने सम्भावना छ।

 

संयुक्त राष्ट्र संघको व्यपार र विकासको सम्मेलनले सोही दिन सार्वजनिक गरेको “बार्षिक व्यापार तथा विकास २०२२” शीर्षकको प्रस्तावले विकसित आर्थिक समूहको ब्याज छिटो वृद्धि र वित्तीय नीति कडाई गर्ने गतिविधि साथै कोभिड १९ महामारी र युक्रेनी संकटबाट ल्याएको नकारात्मक प्रभावले विश्वको अर्थतन्त्रलाई मन्द बनाएको उल्लेख गरेको छ।

 

सो प्रस्तावले सन् २०२२ को विश्वको आर्थिक विकास २.५ प्रतिशतले बृद्धि हुने र सन् २०२३ मा २.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।