चिनियाँ प्रतिनिधिद्वारा मानव अधिकार परिषद्लाई सम्बोधन
2022-10-06 16:49:57cri
Share with:

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ प्रतिनिधि  छ्न स्युले अक्टोबर ५ तारिख राष्ट्रिय सुरक्षा र स्थिरताको संरक्षण र मानवीयतावाद अवस्थाको सुधारका लागि दक्षिण सुडानलाई रचनात्मक सहायता दिन अन्तर्राष्ट्रिय समाजलाई आह्वान गर्नुभएको छ। उहाँले संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्को ५१ औं सम्मेलनद्वारा दक्षिण सुडानलाई प्राविधिक सहायता दिने र क्षमताको निर्माण गर्ने संवार्तालाई सम्बोधन गर्दै उहाँले उक्त आह्वान गर्नुभएको हो।

 

चीन सधैं नै सक्रियताका साथ दक्षिण सुडानको शान्तिपूर्ण प्रक्रियामा भाग लिनुका साथै निरन्तर रूपमा आर्थिक र सामाजिक विकासका लागि दक्षिण सुडानलाई सक्दो ठूलो सहायता दिँदै जान चीन इच्छुक रहेको कुरा पनि चिनियाँ प्रतिनिधिले औंल्याउनुभएको छ।

 

चीनले मानव समस्याबारे विभिन्न पक्षले रचनात्मक सम्झौता वार्ता र सहकार्य गर्ने अडान लिनुका साथै मानव समस्यालाई राजनीतिकरण बनाउने र खुलस्त रूपमा अरू देशमाथि दबाव लगाउने कारवाईको विरोध गर्दै आएको कुरामा पनि चिनियाँ प्रतिनिधिले जोड दिनुभएको छ।