मानव अधिकारको निहुँ खोजेर कम्बोडियाको आन्तरिक मामिलामा हस्ताक्षेप गर्ने कुराको चीनद्वारा विरोध
2022-10-06 17:18:30cri
Share with:

संयुक्त राष्ट्र संघको जेनेभा कार्यालय र स्विज्ट्ल्याण्डका अन्य अन्तर्राष्ट्रिय संगठनका लागि चिनियाँ आबासीय प्रतिनिधि राजदूत छ्न स्युले अक्टोबर ५ तारिख मानव अधिकार परिषद्को ५१ औं सम्मेलन र कम्बोडिया मानव अधिकार अवस्था सम्बन्धी विशेष प्रतिवेदन सम्मेलनमा सहभागी हुँदै सम्बोधन पनि गर्नुभएको छ।

 

आफ्नो सम्बोधनमा राजदूत छ्न स्युले मानव अधिकारको संरक्षण र प्रबर्द्धन गर्ने सन्दर्भमा प्रयास गरेको र उपलब्धि प्राप्त गरेकोमा कम्बोडियाको प्रशंसा गर्नुका साथै मानव अधिकारको निहुँ खोजेर कम्बोडियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र कम्बोडियाली जनताको उचित हक अधिकारको उल्लंघन गरेको केही मुलुकको कारवाईको विरोध गर्नुभएको छ।

 

विभिन्न पक्षहरूले संयुक्त राष्ट्र संघको बडापत्रका उद्देश्य र सिद्धान्तको अक्षरश: पालना गर्नुका साथै कम्बोडियाको सार्वभौमिकता, स्वतन्त्रता र भूखण्डको अविच्छिन्नताको सम्मान गर्नसक्ने आशा पनि राजदूत छ्न स्युले व्यक्त गर्नुभएको छ।