चीनका राष्ट्राध्यक्ष सी चिन फिङले भन्नुभयो,“सफा पानी र हरियाली पहाड सुन र चाँदी जत्तिकै अमूल्य सम्पत्ति हुन्।” गएको केही वर्षदेखि चीनले आफ्नो विचार र गतिविधिमार्फत नयाँ विकासको उपाय खोज्दै आएको छ। र विश्वको प्राकृतिक तथा साँस्कृतिक निर्माण,हरित विकास र प्रकृतिको सुरक्षालाई थप प्रबर्द्धन गर्ने यो चीनको नयाँ पहिचान बनिसकेको छ।
गएको दश वर्ष यता चीनले वातावरणको संरक्षणमा निरन्तररूपमा योगदान दिइरहेको छ साथै वातावरणको सुरक्षित आधारभूत प्रबन्धको निर्माणलाई पनि थप प्रबर्द्धन गरेको छ।
तथ्याङकका अनुसार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले १ खर्ब चिनियाँ युआनको बजेटलाई वातावणको सुरक्षित आधारभूत प्रबन्धको निर्माणमा लगानी गरेको छ र अब चीनको वातावरणको गुणस्तर उल्लेखीयरूपमा सुधार भएको छ।