गणतन्त्र कङ्गोको सार्वभौमिकता, सुरक्षा र भूखण्डको अविच्छिन्नताको सम्मान गर्न चीनद्वारा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान
2022-10-06 17:19:37cri
Share with:

संयुक्त राष्ट्र संघको जेनेभा कार्यालय र स्विज्ट्ल्याण्डका अन्य अन्तर्राष्ट्रिय संगठनका लागि चिनियाँ आबासीय प्रतिनिधि राजदूत छ्न स्युले गणतन्त्र कङ्गोको सार्वभौमिकता, सुरक्षा र भूखण्डको अविच्छिन्नताको विस्तृत रूपमा सम्मान गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ। उहाँले अक्टोबर ५ तारिख संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्को ५१ औं सम्मेलनलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो।

आफ्नो सम्बोधनमा राजदूत छ्न स्युले गणतन्त्र कङगोको अवस्था विकास मध्य दक्षिण अफ्रिका अझ विशेषगरी पूरै अफ्रिकाको शान्ति र स्थिरतासँग सम्बन्धित रहेको भन्दै गणतन्त्र कङगोका विभिन्न पक्षहरूले राष्ट्रिय शान्ति, स्थिरता र विकासलाई प्रबर्द्धन गर्नुबाहेक सम्झौता वार्तामार्फत मतभेदको राम्रोसँग समाधान गर्दै जानसक्ने आशा चीनले गरेको कुरामा जोड दिनुभएको छ।

अन्तर्राष्ट्रिय समाजसँगै मिलेर दीर्घकालीन शान्ति र दिगो विकासलाई साकार तुल्याउनका लागि योगदान गर्दै जान चीन इच्छुक रहेको कुरा पनि राजदूत छ्नले औंल्याउनुभएको छ।