चीनको सहयोगमा निर्मित जिम्बावेको राष्ट्रिय औषधी भण्डारको औपचारिक हस्तान्तरण
2022-10-07 17:21:08cri
Share with:

चीनको सहयोगमा निर्मित जिम्बावेको राष्ट्रिय औषधी भण्डार हस्तान्तरण समारोह अक्टोबर ६ तारिख दिउँसो हारारे केन्द्रीय अस्पतालमा आयोजना गरिएको छ। जिम्बावेका राष्ट्रपति एमर्सन म्नाङगाग्वा, उप राष्ट्रपति एवम् स्वास्थ्य मन्त्री, स्थानीय सरकारी मन्त्री लगायतका उच्च स्तरीय पदाधिकारीहरूले सो हस्तान्तरण समारोहमा सहभागी हुनु भएको छ। उहाँहरुले सो राष्ट्रिय औषधी भण्डारको प्रयोग आरम्भ गर्ने घोषणा पनि गर्नु भएको छ।

उक्त समारोहमा सहभागी हुँदै राष्ट्रपति म्नाङगाग्वाले चीनको सहयोगमा निर्मित राष्ट्रिय औषधी भण्डारको प्रबन्ध राम्रो रहेको र ठूलो मात्रामा औषधी बोकेकाले जिम्बावेको चिकित्सा र स्वास्थ्य प्रबन्धको निकै सुधार गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले जिम्बावेको आर्थिक र सामाजिक विकासका लागि समर्थन र सहायता गरेकोमा चीनप्रति कृतज्ञता प्रकट गर्नुभएको छ।

जिम्बावेका लागि चिनियाँ राजदूत को शाउ छुनले उक्त औषधी भण्डारको औपचारिक हस्तान्तरणबाट चीन र जिम्बावे दुवै देशले सँगै मिलेर विकास गर्ने अठोट पनि प्रतिबिम्बित गरिएको बताउनुभएको छ।