सीपीसीको केन्द्रीय अनुशासन निगरानी समितिको सातौं पूर्ण बैठक
2022-10-07 17:22:23cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ केन्द्रीय अनुशासन निगरानी समितिको सातौं पूर्ण बैठक सन् २०२२ को अक्टोबर ७ तारिख पैचिङमा आयोजना भएको छ। केन्द्रीय अनुशासन निगरानी समितिका १२९ जना सदस्य सो सम्मेलनमा सहभागी भएका छन्।

 

उक्त सम्मेलन केन्द्रीय अनुशासन निगरानी समितिको स्थायी समितिले अध्यक्षता गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी सदस्य एवम् केन्द्रीय अनुशासन निगरानी समितिका सचिव चाउ ल चीले सम्बोधन गर्नुभएको छ।

 

उक्त पूर्ण सम्मेलनमा १९ औं केन्द्रीय अनुशासन निगरानी समितिले चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनसमक्ष पेश गरेको कार्य प्रतिवेदनको लेखाजोखा गरेपछि त्यसलाई पारित गरिएको छ। साथै त्यस प्रतिवेदनलाई चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा लेखाजोखा गरिनेछ।