चीनको गाउँ र शहरको विकासबाट विदेशीहरु प्रभावित
2022-10-07 18:52:29cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनदेखि चीनले क्षेत्र तथा ग्रामीण विकासको रणनीतिक उद्देश्यमार्फत विभिन्न क्षेत्रको अर्थतन्त्र सन्तुलित, समन्वय र दिगो विकास हुँदैआएको छ। चीनमा लामो समय बसेका विदेशीहरूको आँखामा चीनको धेरै गाउँहरूको उद्योग व्यवसाय विकसित हुनुका साथै बसोबासको वातावरण राम्रो भएको छ।

 

सन् २०२० मा चीनको क्विचौ प्रान्त अन्तर्गत ६६ वटा गरिबी जिल्लामा गरिबी निवारण गरिएको थियो। साथै ९२ लाख ३० हजार गरिब जनसंख्या पनि गरिबीबाट मुक्ति भएका छन्। धेरै विदेशी पर्यटकहरू त्यहाँ घुमेर चीनको गरिबी निवारणको चमत्कार अनुभव गरेका छन्।