दुई महिनामा नेपालबाट ६८ करोडको अलैंची निर्यात
2022-10-07 16:28:34cri
Share with:

साउन र भदौ महिनामा ६८ करोड ९ लाख ४१ हजार रुपैयाँको अलैँची नेपालबाट निर्यात भएको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ८ लाख ४० हजार ८७४ किलो अलैंची निर्यात भएको हो। जुन गत वर्षको तुलनामा झन्डै २३ करोड रुपैयाँले कम रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा ९१ करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरको ११ लाख २५ हजार ९५० किलो अलैंची निर्यात भएको थियो। नेपाली अलैंचीको बजार भारत र पाकिस्तान हुन्। तर पहिलो दुई महिना भारतमा मात्रै निर्यात भएको छ।

गत वर्ष ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलो अलैंची निर्यात भएको थियो । भारतमा ४ अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपैयाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो र पाकिस्तानमा ३ करोड ४४ लाख ७५ हजार रुपैयाँ बराबरको ७० हजार किलो अलैंची निर्यात भएको छ ।