अन्तर्राष्ट्रिय नगरिक उड्डयन संगठनको ४१ औँ महासभा सम्पन्न
2022-10-08 17:07:16cri
Share with:

अन्तर्राष्ट्रिय नगरिक उड्डयन संगठन आइकाओको ४१ औँ महासभा अक्टोबर ७ तारिक क्यानाडाको मोन्ट्रियलशहरमा सम्पन्न भएको छ। उक्त महासभाले “विश्वलाई फेरि सम्पर्कसञ्जालमा जोड्ने” शीर्षक पारित गरेको छ।

 

उक्त महासभाका सहभागीहरूले उड्डयन उद्योग व्यवसायको रचनात्मक सिर्जना र कोभिड १९ महामारीपछि व्यवसायको पुनरूत्थान तथा दिगो विकास लगायतका अरू बिषयबारे चर्चा गरेको छन्। साथै विभिन्न मुलुकका प्रतिनिधिहरूले सहमतिमा धेरै निर्णयहरू गरेका छन्।

 

चीनले अन्तर्राष्ट्रिय नागरिक उड्डयनको पुनरूत्थान र दिगो विकास बनाउन सम्पूर्ण रूपमा समर्थन दिएको छ। सो महासभाको अवधिमा चीनले साउदी अरेबियासँग उड्डयन अधिकारलाई व्यापक बनाउने सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ।