संयुक्त राष्ट्र संघको निर्णयबाट पाकिस्तानको बाढी प्रकोपलाई समर्थन र सहायता बढ्ने चीनको आशा
2022-10-08 16:43:13cri
Share with:

संयुक्त राष्ट्र संघका लागि चिनियाँ आबासीय प्रतिनिधि मण्डलका मिनिस्टर वाङ होङ पोले अक्टोबर ७ तारिख संयुक्त राष्ट्र संघ महासभाद्वारा पाकिस्तानी बाढी प्रकोप सम्बन्धी निर्णय प्रस्तावलाई पारित गरिएपछि बोल्दै उक्त निर्णय प्रस्तावबाट अन्तर्राष्ट्रिय समाजले पाकिस्तानलाई समर्थन र सहायता दिने कार्यलाई प्रबर्द्धन गर्नसकिने आशा व्यक्त गर्नुभएको छ।

मिनिस्टर वाङले संयुक्त राष्ट्र संघ महासभाले उक्त निर्णय प्रस्तावलाई पारित गरेको कुरालाई चिनियाँ प्रतिनिधि मण्डलले निकै समर्थन गरेको बताउनुभयो। उहाँका अनुसार, चालु वर्षको जुनदेखि पाकिस्तानमा निकै गम्भीर बाढी प्रकोप भोगेकाले ठूलो जनधनको नोक्सानी आएको देखिन्छ।

चिनियाँ नेताले तुरुन्तै पाकिस्तानी नेतालाई समवेदना सन्देश पठाउनुभएको थियो भने चीनले पाकिस्तानलाई अधिकांश आपतकालीन प्रकोप उद्धार सामग्रीको सहायता दिएको थियो। विभिन्न पक्षहरूसँगै मिलेर निरन्तर रूपमा पाकिस्तानलाई जरूरी सहायता दिँदै प्रकोप उद्धार र प्रकोपपछिको पुन:निर्माण कार्य चलाउनका लागि पाकिस्तानलाई सहायता दिँदै जान चीन इच्छुक रहेको कुरामा पनि मिनिस्टर वाङले जोड दिनुभएको छ।