विकासोन्मुख मुलुकका लागि अझ बढी वास्तविक र राम्रो काम गर्दै जाने चीनको भनाइ
2022-10-08 18:46:29cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले बेल्ट एण्ड रोड प्रस्ताव र विश्वव्यापी विकास प्रस्तावलाई स्थिर रूपमा अघि बढाउँदै आएको सिलसिलामा चीनले निरन्तर रूपमा विकासोन्मुख मुलुकका लागि अझ बढी वास्तविक र राम्रो काम गर्दै जाने कुरा बताउनुभएको छ। उहाँले अक्टोबर ८ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

 

हाल परराष्ट्र मन्त्रालयका सहायक मन्त्री ह्वा छुन यिङले सार्वजनिक आदानप्रदान चौतारोमार्फत लगातार १३ वटा तस्बिर सार्वजनिक गर्नुभएको छ। ती तस्बिरहरू पाकिस्तान, श्रीलङका, थाइल्याण्ड र लाओस लगायत जम्मा ११ वटा मुलुकका राष्ट्रिय मुद्रामा छापिएका प्रतीकस्वरूप आधारभूत प्रबन्धहरू हुन्। ती आधारभूत प्रबन्धहरूको एउटा साझा विन्दु रहेको छ, त्यो के हो भने ती सबै नै चीनद्वारा निर्माण गरिएका हुन्।

 

चीनले वास्तविक गतिबिधिमार्फत सधैँ विकासोन्मुख मुलुकसँगै उभिरहेको आफ्नो वचन बद्धतालाई व्यवहारमा उतारेको कुरा पनि प्रवक्ता माउ निङले औँल्याउनुभएको छ।