पतनको बाटोमा अमेरिकी प्रणाली
2022-10-09 17:27:57cri
Share with:

 

संयुक्त राष्ट्र संघको दिगो विकासका समस्या समाधान गर्ने नेटवर्कले एउटा प्रस्ताव सार्वजनिक गरेको छ। जुन प्रस्तावमा गरिबी, भोकमरी, विभेद र स्वास्थ्य समस्या समेत विभिन्न तथ्याङक बमोजिम दिगो विकासको सूचकांक श्रेणीमा अमेरिका गत वर्षको ३२औँ पदबाट यस वर्षको ४१औँ पदमा झरेको छ।

 

धेरै प्रस्ताव तथा तथ्याङकका अनुसार अमेरिकी जनताको औसत आयु घट्दै गएको,गरिब र धनीबीचको खाडल ठूलो बन्दै गएको र जातिवाद समस्या गम्भीर हुँदै आएको देखिन्छ। यस बाहेक बन्दुकजन्य हिंसा र सैनिक खर्च पनि बृद्धि हुँदै गएको छ। यी वास्तविक कुराबाट हेर्दा अमेरिकी सरकार समाजको विकास र राष्ट्रको प्रशासन गर्न असफल भएको देखिन्छ साथै यस समस्याको मूल अमेरिकी प्रजातान्त्रिक प्रणालीको पतन भएको मानिन्छ।