अमेरिकामा कोभिड वृद्धि हुने प्रारम्भिक संकेतहरू
2022-10-09 16:44:33cri
Share with:

 

संयुक्त राज्य अमेरिका तेस्रो महामारीको जाडोमा जाँदै गर्दा कोभिड १९ संक्रमणको अर्को सम्भावित वृद्धि यसको बाटोमा हुन सक्छन् भन्ने कुराको पहिलो पहिलो संकेतहरू देखा पर्दैछन्।

हालसम्म, कुनै राष्ट्रिय बृद्धि सुरु भएको छैन। अमेरिकामा कोभिडबाट संक्रमित, अस्पतालमा भर्ना हुने र मर्नेहरूको संख्या एकदम उच्च बिन्दुबाट बिस्तारै घट्दै गइरहेको छ। तर मौसम चिसो भएपछि मानिसहरूले घरभित्र धेरै समय बिताउन थाल्छन् जहाँ भाइरस सजिलै फैलिन्छ। यसले कोभिड पुनरुत्थानको जोखिम बढ्ने गर्छ।

कोभिड पुनः कसरी फैलिन सक्छ भन्ने कुराको पहिलो संकेत युरोपबाट प्रष्ट हुन्छ। बेलायत, फ्रान्स र इटालीलगायत युरोपका धेरै देशहरूमा संक्रमण बढ्दै गएको छ।