अन्तर्राष्ट्रिय गण्यमान्य व्यक्तिहरूद्वारा चिनियाँ कम्युनिष्ट पार्टीले जनतालाई समृद्धितर्फ लम्कन निर्देशन गरेको व्यक्त
2022-10-10 15:36:15cri
Share with:

विगत दश वर्षयता चीनले राजनीति, अर्थतन्त्र, विज्ञान, संस्कृति, वातावरणआदि क्षेत्रहरूमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। विभिन्न मुलुकका गण्यमान्य व्यक्तिहरूले चिनियाँ कम्युनिष्ट पार्टीले विकासको दीघर्कालीन योजनाको तर्जुमा गर्दै चिनियाँ जनतालाई ठूलो उपलब्धि हासिल गर्न नेतृत्व गरेको बताएका छन्।

सिरियाका राष्ट्रपतिका विशेष सल्लाहकार बौथाइना शाब्बानले    चीनको आर्थिक, सामाजिक र राजनीतिक विकास चिनियाँ कम्युनिष्ट पार्टीले प्रयास गरेको नतिजा भएको भन्दै चीनले शान्तिको आशा लिने सबैका लागि एक उत्कृष्ट ढाँचा उपलब्ध गराएको बताउनुभयो।

सन् २०२२ जनवरी महिनामा चीन र सिरियाले “बेल्ट एण्ड रोड” सहयोगात्मक स्मृत्ति पत्रमा हस्ताक्षर गरेको थियो। शाब्बानले चीनको गरिबी मुक्तिको सफलता र “बेल्ट एण्ड रोड” प्रस्तावबाट हेर्दा एक ठूलो मुलुकको रुपमा चीनको दायित्व र विश्वका लागि साझा समृद्धि खोज्ने धारणा देखिएको बताउनुभयो।

ट्यूनिसियाका पूर्व विदेश मन्त्री अहमद ऊनिसले चीनले ती उपलब्धि हासिल गरेबाट चिनियाँ कम्युनिष्ट पार्टीले जनताको मूलभूत हितलाई प्राथमिक स्थानमा राखेको प्रष्ट देखिएको बताउनुभयो।