अमेरिकी अर्थतन्त्र मन्दीतर्फ धकेलिने चिन्ता
2022-10-10 18:52:16CRI
Share with:

पूर्व अमेरिकी ट्रेजरी सेक्रेटरी ल्यारी समर्सले बिहीबार भनेका छन् कि अमेरिकाले मन्दीमा प्रवेश गर्ने अत्यधिक सम्भावना छ जुन अर्थतन्त्रमा भएको अतिक्रमणको परिणाम हो। सीएनएनसँग कुराकानी गर्दै उनले भने, ऐतिहासिक अनुभव अनुसार मुद्रास्फीति विरलै ढंगले सामान्यस्तरमा फर्केको छ।

 

सन् २००८ को आर्थिक संकटको प्रसंग उठाउँदै उनले कोभिड महामारीका कारण त्यो अवस्थामा नफर्किएपनि अर्को कुनै ढंगबाट आर्थिक मन्दी हुने संभावना रहेको चेतावनी दिए।

 

अमेरिकी अर्थतन्त्रले महिनौंदेखि चेतावनीका संकेतहरू देखाइरहेको छ। धेरै विश्लेषकहरूले मुद्रास्फीति नियन्त्रणमा नभएसम्म बजार अस्थिर रहन सक्ने अनुमान गरेका छन्। समग्रमा, आर्थिक विश्लेषण ब्यूरोको पछिल्लो कुल गार्हस्थ उत्पादन अनुमान अनुसार, वर्षको दोस्रो त्रैमासिकमा अर्थतन्त्र ०.६ प्रतिशतले संकुचित भएको छ।