अमेरिकी सार्वजनिक ऋण सीमारेखा नजीक
2022-10-11 18:45:12CRI
Share with:

अमेरिकाको ऋण समस्या गम्भीर विन्दुमा पुगेको छ। अमेरिकी सार्वजनिक ऋणले पहिलो पटक ३१ ट्रिलियन डलर नाघेको छट्रेजरी विभागले मंगलबार (अक्टोबर ४) मा प्रकाशित गरेको तथ्याङ्कले यो कुराको पुष्टी गरेको हो। पछिल्लो ८ महिनामा मात्रै एक ट्रिलियन डलरको ऋण थपिएको थियो र यो सन् २०२३ को शुरुवातसम्म कांग्रेसले सापटी लिएको ३१.४ ट्रिलियन डलर ऋण सीमा नजीक पुगेको देखिएको छ।

 

अमेरिकामा कोभिड-१९ महामारीको चपेटामा परेका बेला चरम उधारो बढेको हो भने ऋणला शून्य ब्याज दर बनाइँदा यो समस्या चुलीमा पुगेको अनुमान गरिएको छ। यसैबीच राष्ट्रपति जो बाइडेनले महामारी अन्त्य भएको घोषणा गरेपनि ऋणको समस्या समाप्त भएको छैन र ब्याज दर बढ्दै जाँदा यो महँगो हुँदै गइरहेको छ।

 

अत्यधिक उधारोले निरन्तर मुद्रास्फीतिको दबाब निम्त्याउनेछ, राष्ट्रिय ऋणलाई २०३० अगावै नयाँ रेकर्डमा पुर्‍याउने चेतावनी जिम्मेवार र्थिक बजेट समितिले दिएको छ। समिति देशको वित्तीय चुनौतीहरुबारे नीति निर्माताहरु र नागरिकहरुलाई शिक्षित गर्न समर्पित एक गैर-सरकारी गैर-नाफामुखी संस्था भएको क्वार्जमा खबर छ।