भिभो मोबाइलद्वारा नेपालको तिहार लक्षित उपहार कार्यक्रम
2022-10-11 16:48:10CRI
Share with:

स्मार्टफोन ब्रान्ड भिभोले तिहारलाई लक्षित गर्दै ८ सेप्टेम्बरदेखि ३१ अक्टोबरसम्मका लागि दशैँ तिहार भिभोको साथमा, दैनिक उपहार हातमा योजना ल्याएको छ।

भिभोले चाडपर्वको उत्साहमा सहभागी हुन र समुदाय तथा प्रयोगकर्ताहरूप्रति कृतज्ञता व्यक्त गर्न आफ्ना ग्राहकहरूलाई विभिन्न आकर्षक उपहारहरु ल्याएको थियो जसअन्तर्गत, दुई भाग्यशाली प्रयोगकर्ताहरूले भी२५ फाइभजी स्मार्टफोन जित्ने मौका पाउनेछन्।

 

भिभो स्मार्टफोनको खरिदमा, हरेक हप्ता एक जनाले वाई१५सी स्मार्टफोन, हरेक दिन एक जनाले भिभो टिडब्लूएस २ई, हरेक दिन तीन जनाले एन्कर यू२आई र ४ जनाले विश्वकप फुटबल तथा ३० हजार भन्दा बढिको फोन खरिदमा ६ महिनाको थप वारेन्टी पाउन सक्ने कम्पनीले जनाएको छ । योजना अन्तर्गत ४०० भन्दा बढिले आकर्षक उपहार जित्न सक्नेछन् भने हालसम्म १५० भन्दा बढिले उपहार जितिसकेका छन् । यो योजना सीमित अवधिका लागि मात्र उपलब्ध रहेको उल्लेख गरिएको छ।

 

दसैंको लक्की ड्रमा सहभागी हुनका लागि, प्रयोगकर्ताले भिभो नेपालको आधिकारिक फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्ने कारोबार अनलाइनले जनाएको छ । हालसम्म १५ हजारभन्दा बढी ग्राहक यस योजनामा सहभागी भइसकेको कम्पनीको दावी छ।