अन्नपूर्ण हेलिकप्टरको व्यावसायिक उडान सुरु
2022-10-12 15:48:21CRI
Share with:

निजी क्षेत्रको लगानीमा संचालनमा आएको अन्नपूर्ण हेलिकप्टरले व्यावसायिक उडान थालेको छ । उक्त हेलिकप्टरले यसअघि नै परीक्षण उडान सकिसकेको छ । मंगलबार रामेछाप विमानस्थलमा अवतरण गरेपछि वरिष्ठ चालक रवीन्द्रकुमार बस्नेतले भन्नुभयो, 'अब व्यावसायिक उडानमा गर्‍यौं ।'

 

कम्पनीका अध्यक्ष पूर्णबहादुर तामाङ (कान्छाराम) का अनुसार ५ सिट क्षमता भएको इक्वेरल हेलिकप्टरमार्फत व्यावसायिक उडान थालिएको हो । कम्पनीले २ वटा हेलिकप्टर संचालनमा ल्याउने छ । दोस्रो हेलिकप्टर ३ महिनापछि व्यावसायिक उडानमा थपिने उहाँको भनाइ छ।

 

हिमाली क्षेत्रको उद्धार र अन्य मानव उद्धार कार्यमा पहिलो प्राथमिकता हुने तामाङले बताउनुभयो। उहाँले रामेछापका नागरिकलाई हेलिकप्टर उडानमा केही सहुलियतको व्यवस्था गर्नेसमेत बताएको कान्तिपुर अनलाइनले जनाएको छ।