फङ लीयुआनद्वारा यूनेस्कोको सन् २०२२ बालिका तथा महिला शिक्षा पुरस्कार समारोहलाई बधाई सन्देश
2022-10-12 10:26:25cri
Share with:

संयुक्त राष्ट्र संघीय शिक्षा, विज्ञान, संस्कृति संगठन अर्थात् यूनेस्कोको सन् २०२२ बालिका तथा महिला शिक्षा पुरस्कारको वितरण समारोह अक्टोबर ११ तारिख फ्रान्सको पेरिसमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफङकी श्रीमती तथा बालिका र महिला शिक्षा प्रवर्द्धक यूनेस्कोका विशेष दूत फङ लीयुआनले उक्त समारोहलाई बधाई सन्देश पठाउनुभएको छ।

फङले बालिका र महिलाको शिक्षा आफ्नो विकाससित सम्बन्धित रहनुका साथै मानवको दिगो विकासलाई बढाउने महत्वपूर्ण क्षेत्र भएको भन्दै चीनले बालिका र महिलाको शिक्षा कार्यमा सधैँ नै महत्व दिइरहेको तथा महिलाको आर्थिक र सामाजिक विकासमा संलग्न हुने क्षमता र योगदान निरन्तर रुपमा बढेको बताउनुभयो। 

फङले सबैसँग मिलेर बालिका र महिलाको शिक्षालाई निष्पक्ष, समावेशी दिशातर्फ विकास गर्न अगाडि बढाउने, विश्वको दिगो विकास गर्न र मानव भाग्य समुदायको सिर्जना गर्न योगदान दिने कुरामा जोड दिनुभयो।