अमेरिकामा हिंसालाई सम्बोधन गर्ने बालपुस्तकको माग
2022-10-14 16:08:58CRI
Share with:

नयाँ शैक्षिक सत्र सुरू हुन लाग्दा केही अमेरिकी बालबच्चाहरू गृहकार्यको दबाबले चिन्तित छन्। तर कतिपय माग यस्ता पनि अघि सारिएको छ कि बच्चाका पाठ्यक्रममा विद्यालयमा हुने गोलाबारी, हिंसाका विषय पनि सम्बोधन गरियोस्।

 

विगत ९ वर्षमा हिंसा, शोक र भावोत्तेजना समेटिएका पुस्तहरू अमेरिकी किशोरकिशोरीमाझ लोकप्रिय भएका छन्। युवा पाठकहरूका कारण यस्ता पुस्तकहरूको बिक्री लगातार नौ वर्षहरूमा बढेको छ। सन् २०२१ मा करीब ६ मिलियन प्रति बिक्री भएको छ। यो सन् २०१२ को तुलनामा दोब्बर बढी हो। एनपीडी बुकस्क्यान नामक संस्था जसले छापिएका पुस्तकहरूको अमेरिकी खुद्रा बिक्री रेकर्डलाई पछ्याउने गर्दछ, निकालेको निष्कर्ष हो यो।

 

युवा अमेरिकीहरूमा चिन्ता र डिप्रेसनको दर बढेको हुनाले, शिक्षाविद् र वकालतकर्ताहरूको सुझाव दिएका छन् कि बालबालिकाका पुस्तकहरूले उनीहरूलाई सामना शक्ति विकासका लागि भूमिका खेल्न सक्छन्।