नेपाल सरकारद्वारा संचितिका लागि आयात प्रतिबन्धलाई थप २ महिना निरन्तरता
2022-10-15 16:11:38CRI
Share with:

सरकारले केही वस्तुको आयातमा भने निरन्तर प्रतिबन्ध लगाएको छ। विदेशी मुद्रा सञ्चिति बढाउने नाममा गाडी, मोटरसाइकल, मदिरा र स्मार्टफोन आयातमा प्रतिबन्ध लगाइरहेको छ। प्रतिबन्ध खुलाउन उद्योगी व्यवसायीले निरन्तर दबाब दिए पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले शुक्रबार प्रतिबन्ध यथावत् राखेको कान्तिपुर अनलाइनले जनाएको छ।

 

अब चार वस्तुको आयात प्रतिबन्ध आगामी मंसिर २९ सम्म रहने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो०७९ असोज २८ सम्म पूर्ण प्रतिबन्ध लगाइएका विभिन्न चार प्रकारका वस्तुको पैठारीमा लगाइएको बन्देजलाई ०७९ मंसिर मसान्तसम्म निरन्तरता दिने निर्णय भएको छ,’ उहाँले भन्नुभयो। सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चा पदार्थ), ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, एम्बुलेन्स र शववाहनबाहेक जिप, कार र भ्यान एवं १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात रोकिएको छ। ०७९ वैशाख १३ अगाडि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सकिसकेका वस्तुको हकमा भने यो व्यवस्था लागू हुनेछैन

 

निजी क्षेत्रले भने सरकारी निर्णयको विरोध गरेको छ। नेपाल समुद्रपार निकासी पैठारी संघले प्रतिबन्धित वस्तुको आयात तत्काल खुलाउनुपर्ने माग गरेको छ। बढी राजस्व संकलन हुने वस्तुको आयातमै प्रतिबन्ध लाग्दा एकातर्फ सरकारले लक्ष्यअनुसार राजस्व उठाउन नसकेको र अर्कातर्फ ती वस्तुको कारोबारका लागि अर्बौं रुपैयाँ लगानी गरेका व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ

 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पनि विदेशी विनिमय सञ्चितिमा ठूलो योगदान नगरेको भन्दै प्रतिबन्ध फुकुवा गर्न माग गरिरहेको छ। आयात प्रतिबन्धका कारण उल्टै सरकारको राजस्व गुमेको भन्दै तत्काल प्रतिबन्ध खोल्नुको विकल्प नरहेको नाडाको भनाइ छ। सरकारले भने मुलुकको वित्तीय अवस्थालाई दृष्टिगत गरी प्रतिबन्धलाई निरन्तरता दिएको दाबी गरेको छविदेशी मुद्रा सञ्चिति बढेको छैन, राष्ट्र बैंक र अर्थ मन्त्रालयको सल्लाह/सुझावमा प्रतिबन्ध लम्ब्याउन मन्त्रिपरिषद्मा सिफारिस गरेका थियौं,’ मन्त्रालयका एक अधिकारीले भने, ‘प्रतिबन्धको समय तोक्नैपर्ने भएकाले मंसिर २९ राखिएको हो। सञ्चिति बढे बीचमा पनि खुला हुन सक्छ

 

मुलुक चुनावमा होमिएसँगै आर्थिक गतिविधि बढ्छ। विदेश गएका मान्छे फर्किने र रेमिट्यान्स पनि बढ्ने हुन्छ। त्यसले मुद्रा सञ्चितिमा केही सुधार आउन सक्छ। त्यस्तो अवस्थामा प्रतिबन्ध फुकुवा हुन सक्ने ती अधिकारीको दाबी छ

 

राष्ट्र बैंकका अनुसार ०७९ असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति साउनमा १.५ प्रतिशतले कमी भएको छ। ०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति साउन मसान्तमा ११ खर्ब ९७ अर्ब ८५ करोड कायम भएको छ। ०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.४ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ

मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख १३ मा राजपत्रमा सूचना प्रकाशन गरी मदिरा, तास, मोबाइल, टीभी, मोटरसाइकललगायत १० वस्तु आयात बन्देज गर्ने निर्णय गरेको थियो। पछि भदौ १४ मा राजपत्रमा सूचना प्रकाशन गरी ६ प्रकार (चुरोट तथा सुर्ती, हीरा, टीभी, खेलौना, तास, कुरकुरे/लेज) वस्तुको प्रतिबन्ध फुकुवा गरेको थियो। चार वस्तुको प्रतिबन्ध भने यथावत् राख्ने निर्णय गरेको छ