नेपालका लागि चिनियाँ राजदूतद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट
2022-10-20 15:43:06cri
Share with:

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार शिष्टाचार बिदाइ भेट गर्नु भएको छ। आफ्नो झन्डै चार वर्षे लामो कार्यकाल पूरा गरेर फर्कने क्रममा रहनु भएकी राजदूत होउ यान्छी राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार यस अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको छ।  राजदूत हउ यान्छी आफ्नो कार्यकाल सम्पन्न गरी अर्को साता स्वदेश फर्कने तयारीमा हुनुहुन्छ।