अमेरिकाका यी सहररु जहाँ सन् २०२१ मा अधिक हत्या भए
2022-10-23 18:53:54cri
Share with:

सन् २०२१ मा अमेरिकाको डेट्रोइट सहर सबैभन्दा धेरै हिंसा हुने अमेरिकी सहरमा परेको छ। यद्यपि सन् २०२० मा यो सहरमा हत्याको दर ४ प्रतिशतले घटेको थियो। डेट्रवइटका प्रहरी प्रमुख जेम्स ह्वाइट यसलाई उत्सवका रुपमा मनाउन नसकिने बताउँछन्।

डेट्रोइटको ३ सय माइल पश्चिममा पर्ने मिल्वाउकीले सन् २०२१ मा हत्यामा नयाँ रेकर्ड सिर्जना गरेको छ। यो स्थानले सन् २०२० देखि नै हत्याको शृङ्खला सुरु गरेको थियो।

मिल्वाउकीका मेयरका सञ्चार अधिकृत टम बारेका अनुसार कोभिडको असर र कम आय भएका मान्छेमा कुनै विकल्प नभइ हिंसामा लागेकाले यस्तो भएको हुन सक्छ।

सन् २०२० को भन्दा सन् २०२१ मा मेम्फिसले पनि हत्या शृङ्खलामा नयाँ रेकर्ड कायम गरेको छ। मेम्फिस सामुदायिक नेता पास्टोर वाल्टर हत्या हिंसा नियन्त्रणमा प्रहरी अथवा मेयरको जिम्मेवारी भन्दा पनि सबै नागरिकको जम्मेवारी रहेको बताउँछन्। एफबीआईको तथ्याङ्क अनुसार सन् २०२१ मा उल्लिखित तीन सहरमा हत्याको शृङ्खला उच्च रहेको छ।