“नयाँ यात्रा, साझा भाग्य”शीर्षकमा सीपीसीको २०औं महाधिवेशनको भावनाको प्रचार-प्रसार कार्यक्रम काठमाडौंमा आयोजित
2022-10-24 20:36:19cri
Share with:

अक्टोबर २३ तारिख“नयाँ यात्रा, साझा भाग्य”शीर्षकमा सीपीसीको २०औं महाधिवेशनको भावनाको प्रचार-प्रसार कार्यक्रम नेपालको राजधानी काठमाडौंमा आयोजित भएको छ। चाइना मिडिया ग्रुपको एसिया अफ्रिका केन्द्र तथा नेपाल-चीन युवा मैत्री संघले संयुक्त रुपमा सो कार्यक्रमको आयोजना गरेको हो। सीपीसीको २०औं महाधिवेशनका प्रतिनिधि, चाइना मिडिया ग्रुपको एसिया अफ्रिका केन्द्रका प्रमुख आन श्याउ युले भिडियोमार्फत् सो कार्यक्रममा संलग्न नेपाली अतिथिहरुलाई सीपीसीको २०औं महाधिवेशन र त्यसले प्राप्त गरेको उपलव्धिबारे जानकारी दिनुभयो। नेपालकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ लगायत नेपाल सरकारका नेता, युवा विद्वान लगायत १०० भन्दा बढी व्यक्ति सो कार्यक्रममा सहभागी हुनुभयो। हजारौं नेपाली दर्शकहरुले अनलाइनमा प्रत्यक्ष प्रसारण हेरेका छन्।

 

आन श्याउ युले सीपीसीको २०औं महाधिवेशनले समाजवादी आधुनिकीकरण देशको चौतर्फी निर्माणको नयाँ यात्रा थालेर विश्वको विकासका लागि ल्याएको नयाँ अवसरबारे जानकारी दिँदै चिनियाँ शैलीको आधुनिकीकरणको विशेषता तथा विश्वव्यापि अर्थबारे व्याख्या गर्नुभयो।

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सीपीसीको २०औं महाधिवेशन सफताका साथ सम्पन्न भएको र सी चिन फिङ फेरि सीपीसी केन्द्रीय समितिका महासचिव निर्वाचित हुनुभएकोमा बधाई व्यक्त गर्नुभयो।