जनमत सर्वेक्षणबाट विश्वका युवकद्वारा चीनको विकास विचारधाराको उच्च सराहना
2022-10-24 18:53:55cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशनले चिनियाँ शैलीको आधुनिकीकरणद्वारा चीन राष्ट्रको महान पुनरूत्थानलाई अघि बढाउने प्रस्ताव प्रस्तुत गरेपछि चीनको आधुनिकीकरण विचारधारालाई विश्वमा सर्वेक्षणमा सहभागी युवा युवतीहरूले व्यापक रूपमा स्वीकार गरेका छन्। विश्वका ३० वटा मुलुकमाझ जम्मा ४७०० जना ३० वर्षको उमेरभन्दा साना युवा युवती लक्षित एउटा जनमत सर्वेक्षणका अनुसार, सर्वेक्षणमा भाग लिएका ८०.१ प्रतिशत युवा युवतीहरूले चिनियाँ कम्युनिष्ट पार्टीले प्रस्तुत गरेको जनतालाई केन्द्र बनाउने विकास विचारधारालाई स्वीकार गर्नुका साथै चिनियाँ शैलीको आधुनिकीकरण सम्पूर्ण जनता सँगै सम्पन्न हुने आधुनिकीकरण नै हो भन्ने कुराको उच्च सराहना गरेका छन्।

 

नयाँ यात्रामा रहेको चीन शीर्षकमा प्रचलित उक्त जनमत सर्वेक्षण चाइना मिडिया ग्रुप अन्तर्गत सीजीटीएन थिङकट्याङकले चिनियाँ जन विश्वविद्यालय मातहतको सञ्चालन र जनमत पर्यावरण अनुसन्धान प्रतिष्ठानसँग संयुक्त रूपमा आयोजना गरेको हो। सर्वेक्षण गरिएका ती ४७०० जना युवा युवती ५ वटा महाद्वीपका ३० वटा मुलुकका नागारिक हुन्। सो जनमत सर्वेक्षणका क्रममा विश्वका युवा युवतीहरूले बितेका १० वर्षयता चीनको विकासको पनि उच्च मूल्याङकन गरेका छन्।