अर्थशास्त्रीले अमेरिका “सबैभन्दा क्रूर रहेको” भन्दै गर्दा संचालकले तुरुन्तै रोके
2022-10-26 15:49:22cri
Share with:

“सन् १९५० देखि सबैभन्दा क्रूर देश अमेरिका हो” हाल एक जना अमेरिकी अर्थशास्त्रीले अमेरिकाप्रति गरेको नकारात्मक मूल्यांकन सम्बन्धी भिडियो इन्टरनेटमा ‘भाइरल’ भएको छ।

 

 उक्त भिडियो सन् २०२२ को सेप्टेम्बरमा आयोजित एथेन्स प्रजातन्त्र मञ्चमा छायांकन गरिएको हो। यस अवसरमा अमेरिकी अर्थशास्त्री जेफरै साकसले प्रजातन्त्रबारे आफ्नो धारणा व्यक्त गर्दै अमेरिकालाई कडा शव्दमा आलोचना गरेकोले संचालकले उहाँको भनाईलाई दुई पटक रोके। त्यसपछि जेफरैले आफ्नो सम्बोधन बन्द गरे। तत्स्थानका दर्शकहरुले उहाँप्रति गडगडाहटका साथ ताली बजाए।