चीन-आसियान बीचको अर्थतन्त्र र व्यापारले बलियो लचिलोपनकासाथै ठूलो सम्भावना देखाएको छ - चीनको वाणिज्य मन्त्रालय
2022-10-28 14:40:20cri
Share with:

चालु वर्षको पहिलो तीन त्रैमासिकमा, आसियान चीनको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ। चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता शु चुइ थिङले २७ तारिख चीन-आसियान व्यापारले राम्रो वृद्धिको गतिलाई कायम राख्दै बलियो लचिलोपनका साथै ठूलो सम्भावना देखाउँदै विश्व अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ।

 

प्रवक्ता शुले सन् २०२२ चीन-आसियान बृहत् रणनीतिक साझेदारीको पहिलो वर्ष र क्षेत्रीय बृहत् आर्थिक साझेदारी को पहिलो वर्ष भएको पनि बताउनुभयो। यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म चीन र आसियान बीच ४७ खर्ब चिनियाँ युआनबराबरको आयात निर्यात भएको तथ्याङ्कले देखाएको छ, जुन वार्षिक रूपमा १५.५ प्रतिशतले बढेको छ। साथै यो अंक चीनको कुल वैदेशिक व्यापारको १५.२ प्रतिशत हो। चीन लगातार १३ वर्षदेखि आसियानको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको छ भने चीनको सबैभन्दा ठूलो व्यापार साझेदारको रूपमा आसियानको स्थिति थप सुदृढ भएको छ।

 

चीनका शीर्ष तीन व्यापारिक साझेदारहरूको "नियमित ग्राहक" को रूपमा, यस वर्षको सुरुदेखि चीन-ईयू व्यापारले महामारी जस्ता प्रतिकूल कारकहरूलाई जितेको छ र स्थिर वृद्धिलाई कायम राखेको छ।