चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका नव निर्वाचित नेताहरुको यान आनको यात्राको सन्देश
2022-10-28 19:29:13cri
Share with:

चीनका सर्वोच्च नेता सी चिन फिङले अक्टोबर २७ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका नव निर्वाचित स्थायी सदस्यहरुको नेतृत्व गर्दै पल्लो शान सी प्रान्तको यान आन शहरमा क्रान्तिकारी स्थलहरुको अवलोकन गर्नुभएको छ। यान आनलाई चीनको क्रान्तिको पवित्र स्थल र जन गणतन्त्र चीनको कोक्रो मानिन्छ। चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन सम्पन्न भएको एक साता पनि नपुग्दा नव निर्वाचित नेताहरुले यस पटकको सामूहिक यात्रा गर्नुभएको हो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पुरानो स्थल याङ च्या लिङ यान आन शहरको एउटा पहाडमा रहेको छ। उहाँहरुले चिनियाँ कम्युनिष्ट पार्टीको सातौं महाधिवेशनको आयोजक स्थल र माउ च तुङको पुरानो आवासको अवलोकन गर्नुभयो।

यस अवसरमा सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुले विभिन्न कार्यमा जनतालाई केन्द्रमा राख्नुपर्छ, साझा समृद्धिलाई स्थिरताका साथ अघि बढाउनुपर्छ र सम्पूर्ण जनतालाई आधुनिकीकरणको उपलब्धि अरु बढी र अरु निष्पक्ष रुपमा प्रदान गर्नुपर्छ भन्ने कुरामा जोड दिनुभयो। यसका साथै उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना गर्ने महान भावना तथा यान आन भावनाको विस्तार गरी चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनमा प्रस्तुत गरिएको लक्ष्य साकार तुल्याउनका लागि एकताका साथ प्रयास गर्नुपर्छ भन्ने कुरामा पनि जोड दिनुभयो।