राष्ट्राध्यक्ष सीद्वारा यीन श्वी अवशेषको निरीक्षण
2022-10-29 17:44:23cri
Share with:

यीन श्वी अवशेष चीनको मध्य भागमा अवस्थित ह नान प्रान्तको आन याङ शहरको उत्तर-पश्चिमी कछाड क्षेत्रमा रहेको छ। त्यसको क्षेत्रफल करिब ३० वर्ग किलोमिटर रहेको छ। जुन चीनको पुरातात्विक इतिहासमा सबैभन्दा लामो समय रहेको र सबैभन्दा ठूलो क्षेत्रफलको प्राचीन शहरको अवशेष हो।

 

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले अक्टोबर २८ तारिख यीन श्वी अवशेषको निरीक्षण गर्नुभएको छ। यस अवसरमा उहाँले चीनको उत्कृष्ट परम्परागत संस्कृति चिनियाँ कम्युनिष्ट पार्टीको सिर्जनात्मक नीतिको “जरा” हो भन्दै संस्कृतिप्रति आत्मविश्वासलाई दृढ पार्नुपर्ने र चिनियाँको हैसियतमा आफ्ना आत्मविश्वास र आत्मगौरबलाई सबल पार्नुपर्ने कुरामा जोड दिनुभयो।

 

राष्ट्राध्यक्ष सीले यीन श्वी अवशेषमा भेटिएको कछुवाको खबटामा कुँदिएको प्राचीन अस्थि लिपीले चीनका लागि ३ हजार वर्षअघिको चिनियाँ अक्षर संचय गरेको औंल्याउनुभयो।