चिनियाँ शैलीको आधुनिकीकरणबाट विश्व शान्ति र स्थिरताको संरक्षणका लागि सशक्त समर्थन दिइने: चीनको परराष्ट्र मन्त्रालय
2022-10-29 18:29:14cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले २८ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ शैलीको आधुनिकीकरणले विश्व शान्ति र स्थिरताको संरक्षणका लागि सशक्त समर्थन गर्ने, मानव जातिको सभ्यता प्रगतिका लागि अझ फराकिलो स्पेसको विस्तार गर्ने र मानव जातिको स्थायी विकासका लागि महत्वपूर्ण योगदान गर्ने कुरा औंल्याउनुभएको छ।

 

हालै चिनियाँ सीजीटीएन थिङकट्याङकले विश्वका ४७०० जना ३० वर्षमुनिका युवायुवतीमाझ गरेको सर्वेक्षण अनुसार, सर्वेक्षणमा सहभागी भएका प्रायजसोले चिनियाँ शैलीको आधुकिकीकरणको प्रशंसा गरेका छन्।

 

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनमा चिनियाँ शैलीको आधुनिकीकरणबाट चौतर्फी रूपमा चीन राष्ट्रको महान पुनरूत्थानलाई अघि बढाइने विषय नै चीन राष्ट्रले मानव जातिको सभ्यता भण्डारलाई यथेष्ठ पार्नका लागि प्रदान गरेको अर्को महत्वपूर्ण योगदान रहेको कुरा पनि प्रवक्ता वाङ वन पिनले बताउनुभएको छ।