एक किसिमको भावना बोकेको एउटा नहर
2022-10-29 18:33:07cri
Share with:

चीनको मध्य भागमा पर्ने हनान प्रान्तको आन याङ ली चौ शहरमा एउटा साँघुरो नहर थाइ हाङ पहाडमाझ बगिरहेको छ। जुन गत शताद्वीको ६० को दशकमा निर्माण गरिएको र ५ लाखभन्दा बढी मानिसको खाने पानी समस्याको समाधान गरिएको जलाशय परियोजना अर्थात् होङ छी नहर नै हो। अक्टोबर २८ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले त्यहाँ पुगेर होङ छी नहरको निरीक्षण भ्रमण गर्नुभएको छ।

 

निरीक्षण भ्रमणको अवधिमा राष्ट्राध्यक्ष सी यसरी भन्नुहुन्छ: समाजवाद  प्रयास र मेहनतको सिर्जना हो। पहिले यसो गरेको मात्र नभई नयाँ युगमा हामी पनि यथावत् रूपमा यसो गर्नुपर्छ।’

 

युवा पुस्ताले साहस बोकेर कठिनाईलाई जितेर, मेहनतपूर्वक आत्मनिर्भर र अथक प्रयास गर्ने भावनालाई कायम राख्नुका साथै पुरानो पुस्ताजस्तै आफ्नो युवाकाल र रगतलाई इतिहासको कोसेढुङगामा कुँद्ने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।