सीपीसीको २०औं महाधिवेशनपछि राष्ट्राध्यक्ष सीद्वारा काउ छ्याउ गाउँको निरीक्षण
2022-10-29 17:43:53cri
Share with:

शरद ऋतुमा चीनको उत्तर-पश्चिमी भागमा अवस्थित पल्लो शान सी प्रान्तको यान आन शहरको काउ छ्याउ गाउँको नान कौ बस्तिमा रहेको स्याउबारीमा राम्रो फसल देखिन्छ। अक्टोबर २६ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले स्याउबारीको निरीक्षण गर्दै एउटा ठूलो रातो स्याउ टिप्नुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनपछि राष्ट्राध्यक्ष सीले गर्नुभएको स्वदेश निरीक्षण यो नै पहिलो पटक हो।

 

यस अवसरमा नान कौ बस्तीमा स्याउखेतीको प्रविधिमा निरन्तर रुपमा विकास हुँदै आएको र स्याउको राम्रो विक्री भएको जानकारी लिएपछि राष्ट्राध्यक्ष सीले “यो सबैभन्दा राम्रो र सबैभन्दा उपयोगी उद्योग हो र त्यसको उज्यालो भविश्य रहने” भन्दै प्रशंसा गर्नुभयो।

 

यस पटकको निरीक्षणमा राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनको भावना चौतर्फी रुपमा सिकेर त्यसको पालना गर्नुपर्ने, ग्रामीण क्षेत्रको उत्थानलाई चौतर्फी रुपमा अघि बढाउनुपर्ने, ग्रामीण क्षेत्रको आधुनिकीकरणलाई साकार तुल्याउन अथक प्रयास गर्नुपर्ने कुरामा जोड दिनुभयो।