वाङ यीद्वारा चीनका लागि नवनियुक्त अमेरिकी राजदूत बन्ससँग भेट-वार्ता
2022-10-29 18:30:52cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य, राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले अक्टोबर २८ तारिख चीनका लागि अमेरिकी नव नियुक्त राजदूत निकोलास बन्ससँग भेट-वार्ता गर्नुभएको छ।

 

बन्सले चीनमा नयाँ जिम्मेवारी सम्हाल्न थालेकोमा स्वागत गर्दै वाङ यीले चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनको मुख्य उपलव्धि र महत्त्वपूर्ण अर्थबारे जानकारी दिनुभयो।

 

वाङ यीले चीन-अमेरिका सम्बन्ध निर्णायक घडीमा रहेको भन्दै चीन र अमेरिकाले आपसी सम्मान गर्नुपर्ने, शान्तिपूर्ण तवरमार्फत सहअस्तित्व कायम राख्नुपर्ने, आपसी सहयोग र साझा जीत हुनुपर्ने कुरा राष्ट्राध्यक्ष सी चिन फिङले औंल्याएको बताउनुभयो।

 

यस अवसरमा बन्सले चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनलाई उच्च ध्यान दिएको भन्दै अमेरिका-चीन सम्बन्ध दुई देश र विश्वका लागि निकै महत्त्वपूर्ण रहेकोले चीनसँग सम्पर्क गरी आपसी मतभेदको नियन्त्रण गर्न र सहयोगलाई अघि बढाउन अमेरिका इच्छुक रहेको प्रकट गर्नुभयो।