चाइना मिडिया ग्रुपको “नयाँ यात्रा, साझा भाग्य” शीर्षकमा सीपीसीको २० औं महाधिवेशनको प्रचार-प्रसार कार्यक्रम एसियाका धेरै मुलुकमा आयोजित
2022-10-30 18:46:56cri
Share with:

चाइना मिडिया ग्रुपले हाल नेपाल, टर्की, लाओस र फिलिपिन्स लगायत एसियाली मुलुकहरुमा “नयाँ यात्रा, साझा भाग्य” शीर्षकमा सीपीसीको २० औं महाधिवेशनको प्रचार-प्रसार कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा सहभागीहरुले “चिनियाँ शैलीको आधुनिकीकरण”“बेल्ट एण्ड रोड”“चीनको नयाँ यात्रा र विश्वको भविष्य” लगायत विषयहरुबारे गहन रुपमा वैचारिक आदान-प्रदान गरेका छन्।

अक्टोबर २६ तारिख चाइना मिडिया ग्रुपको एसिया अफ्रिका केन्द्र, टर्कीका लागि चिनियाँ राजदूतावास र टर्कीको थिङ्क ट्याङ्कले संयुक्त रुपमा  “नयाँ यात्रा, साझा भाग्य” शीर्षकमा अनलाइन मञ्चको आयोजना गर्‍यो। धेरै मुलुकमा राजदूत भैसक्नुभएका टर्कीका वरिष्ठ कूटनीतिज्ञ हाखान ओककालले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनको ग्रामीण क्षेत्रमा रहेका करिब दश करोड जनसंख्या गरिबी मुक्त भएबाट विश्व शान्ति र स्थिरताको संरक्षण गर्न र विश्वको आर्थिक विकासलाई अघि बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको व्यक्त गर्नुभयो।

यस्तै चाइना मिडिया ग्रुपको एसिया अफ्रिका केन्द्रको लाओसस्थित भिएनटाइन स्टुडियो र लाओसका विभिन्न प्रान्तीय सरकारहरुले पनि संयुक्त रुपमा  “नयाँ यात्रा, साझा भाग्य” शीर्षकमा गोष्ठीको आयोजना गरेका छन्।