राष्ट्राध्यक्ष सी चिनफिङद्वारा येन आन र आन याङको निरीक्षण भ्रमण
2022-10-30 18:47:41cri
Share with:

अक्टोबर २६ देखि २८ तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले पल्लो शान सी प्रान्तको येन आन शहर र हनान प्रान्तको आन याङ शहरका गाउँबस्ती, विद्यालय, लाल शिक्षा अखडा र सांस्कृतिक सम्पदाको संरक्षण एकाईहरूको निरीक्षण भ्रमण गर्नुभएको छ।

 

भ्रमणको क्रममा राष्ट्राध्यक्ष सीले सम्पूर्ण रूपमा समाजवादी आधुकिकीकरण मुलुकको निर्माण गर्नका लागि सबभन्दा जटिल र कठिन कार्यभार अझ गाउँघरमै रहेको कुरामा जोड दिनुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनको भावनालाई व्यवहारमा उतारेर कृषि र ग्रामीण क्षेत्रको अग्र विकासलाई कायम राख्नुपर्ने, येन आन भावना र होङ छी नहर भावनाको प्रचार प्रसार गरी गरिबी निवारणको क्रममा प्राप्त प्रतिफललाई सुदृढ पार्नुपर्ने र चौतर्फी रूपमा ग्रामीण क्षेत्रको पुनरूत्थानलाई अघि बढाउँदै कृषि र ग्रामीण क्षेत्रको आधुनिकीकरणलाई साकार तुल्याउनका लागि अथक प्रयास गर्नुपर्ने आग्रह पनि राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको छ।