चिनियाँ प्रधानमन्त्री ली खछ्याङद्वारा लेसोथोका नयाँ प्रधानमन्त्रीलाई बधाई सन्देश
2022-11-01 15:23:39CRI
Share with:

चिनियाँ प्रधानमन्त्री ली खछ्याङले अक्टोबर २८ तारिख लेसोथोको प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा प्रधानमन्त्री साम माटेकानेलाई बधाई सन्देश पठाउनुभएको छ। 

प्रधानमन्त्री लीका अनुसार, केही वर्षयता चीन र लेसोथोको सम्बन्ध स्वस्थ र स्थिरताका साथ विकास हुँदै आपसी राजनीतिक विश्वास निरन्तर बढ्नुका साथै व्यावहारिक सहयोग व्यापक तथा गहिरो भएको छ। चीनले दुई देशको सम्बन्धमाथि उच्च महत्व दिँदै लेसोथोसँगको राजनीतिक विश्वासलाई गहन पार्नुका साथै विभिन्न क्षेत्रको मैत्रिपूर्ण सहयोगलाई विस्तार गरेर दुई देशको सम्बन्धलाई नयाँ चरणमा पुर्याउने तथा जनतालाई अझ बढी फाइदा पुर्याउने इच्छा राखेको छ।