वाङ यीद्वारा “रूस र चीनको सम्बन्ध स्थापना, पुनर्स्थापना र विकासमा नागरिक कूटनीतिको भूमिका” अन्तर्राष्ट्रिय गोष्ठीलाई बधाई सन्देश
2022-11-01 15:15:17CRI
Share with:

अक्टोबर ३१ तारिख रूस-चीन मित्रता संघले मस्कोमा “रूस र चीनको सम्बन्ध स्थापना, पुनर्स्थापना र विकासमा नागरिक कूटनीतिको भूमिका” शीर्षक अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोका सदस्य एवम् राज्य परिषदका सदस्य र परराष्ट्रमन्त्री वाङ यीले सो गोष्ठीलाई बधाई सन्देश पठाउनुभएको छ। 

मन्त्री वाङका अनुसार, चीनले रूससँग दुई देशका राष्ट्रनायकको सहमतिको निर्देशनमा द्वीपक्षीय सम्बन्ध र सहयोगका लागि निरन्तर रूपमा शक्ति संकलन गर्ने इच्छा राखेको छ। रूस-चीन मित्रता संघ र मैत्रिपूर्ण गण्यमान्य व्यक्तिहरूले परम्परादेखि विकास गरेर नागरिक मैत्रिपूर्ण आदानप्रदानलाई अगाडि बढाएर जनताको मित्रताका लागि पुलको निर्माण गर्नुका साथै दुई देशको युगौँयुगको मित्रताका लागि अझै दृढ सामाजिक आधार तयार गर्ने आशा वाङ यीले व्यक्त गर्नुभएको छ। 

रूसका विदेशमन्त्री सर्गेय लाभरोभले पनि गोष्ठीलाई बधाई सन्देश पठाउनुभएको छ।