संयुक्त राष्ट्र संघीय महासभाको सम्मेमलनमा बहुमुलुकद्वारा चीनको आन्तरिक मामिलाको हस्तक्षेपको विरोध
2022-11-02 14:18:08cri
Share with:

अक्टोबर ३१ तारिख अमेरिका, क्यानाडालगायतका केही मुलुकहरूले ७७औँ संयुक्त राष्ट्र संघीय महासभाअन्तर्गत तेस्रो समितिमा मानव अधिकार समस्याको निहुँमा चीनमाथि हिलो छ्याप्न खोजेको छन्। संयुक्त राष्ट्र संघका प्रायजसो सदस्य मुलुकहरूले भने चीनको समर्थन गर्दै मानव अधिकारको निहुँमा चीनको आन्तरिक मामिलामाथिको हस्तक्षेपको विरोध गरेका छन्।

उक्त सम्मेलनमा क्यूबाले ६६ वटा मुलुकको तर्फबाट सम्बोधन गर्दै सिन्च्याङ, हङकङ, तिब्बत मामिला चीनको आन्तरिक मामिला भएको भन्दै मानव अधिकारको निहुँमा अमेरिका, क्यानाडालगायतका मुलुकहरूद्वारा चीनको आन्तरिक मामिलामाथि गरिएको हस्तक्षेपको विरोध गरेका छन्।

साउदी अरेबियाले ६ वटा खाडी मुलुकको तर्फबाट सम्बोधन गर्दै चीनको समर्थन गरेको छ। यमन र लिबियाले संयुक्त रुपमा सम्बोधन गर्दै चीनको समर्थन दिएका छन्। यी मुलुकहरूले “संयुक्त राष्ट्र संघको बडापत्र” र “विश्व मानव अधिकारको घोषणा पत्र” को सिद्धान्त पालना गर्नुपर्ने, मुलुकको सर्वभौमिकता सम्मान गर्नुपर्ने, तथा अरु मुलुकको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्न नहुने बताएका छन्। 

रुस र बेलारुसलगायतका केही मुलुकहरूले पनि सम्बोधन गर्दै चीनको मानव अधिकार कार्यको विकास उपलब्धिको सकारात्मक मूल्याङ्कन गरेका छन्।