ली खछ्याङद्वारा शाङहाइ सहयोग संगठनका सदस्य मुलुकको प्रधानमन्त्री परिषदको २१औँ बैठकको अध्यक्षता
2022-11-02 10:17:47CRI
Share with:

चीनका प्रधानमन्त्री ली खछ्याङले नोभेम्बर १ तारिख पैचिङमा भिडियोमार्फत् शाङहाइ सहयोग संगठनका सदस्य मुलुकको प्रधानमन्त्री परिषदको २१औँ बैठकको अध्यक्षता गर्नुभएको छ। 

प्रधानमन्त्री लीका अनुसार, यसै सेप्टेम्बरमा आयोजित सामार्कन्ड शिखर सम्मेलनमा शाङहाइ सहयोग संगठनको विकासबारे नयाँ सहमति भएको छ। राष्ट्राध्यक्ष सी चिनफिङले शान्ति, स्थिरता, समृद्धि तथा सुन्दर घरआवासको संयुक्त निर्माण गर्ने पहल गर्नुभएको छ। चीनले विभिन्न पक्षसँग आपसी राजनीतिक विश्वास, हितकर सहयोग तथा मैत्रिपूर्ण आदानप्रदानलाई गहन पारेर शाङहाइ भावनाको प्रसार गर्नुका साथै विभिन्न देशका जनतालाई फाइदा पुर्याउने इच्छा राखेको छ। 

उहाँले शाङहाइ सहयोग संगठनको सहयोगलाई प्रबर्द्धन गर्न ५ सुझावहरू पनि प्रस्तुत गर्नुभयो।

१. व्यवस्थापन तथा सुरक्षाको सहयोगलाई गहन पारेर सुरक्षा तथा स्थिरताको रक्षा गरी राम्रो विकास वातावरणको निर्माण गर्नुपर्छ।

२. व्यापार तथा लगानीको सुविधा स्तरलाई माथि उकासेर क्षेत्रीय अर्थतन्त्रको पुनर्त्थानलाई बढाउनुपर्छ।

३. आपसी सम्पर्क तथा सञ्चालनलाई सबल पारेर क्षेत्रीय मेलमिलाप विकास गरी व्यवसायिक तथा औद्योगिक श्रंखलाको दृढता तथा स्थिताको रक्षा गर्नुपर्छ।

४. दिगो विकासका लागि खाद्यन्न तथा ऊर्जा-स्रोतको आपूर्तिलाई बढाउनुपर्छ।

५. संस्कृति तथा सभ्यताको आदानप्रदानलाई घनिष्ट पारेर जनजन बीचको सम्पर्कलाई बढाउनुपर्छ।