अमेरिकामा कोभिडका सङ्क्रमितहरुको अस्पताल भर्ना बढ्दै
2022-11-03 16:49:12CRI
Share with:

न्यु योर्क टाइम्स द्वारा संकलित तथ्याङ्क अनुसार, अमेरिकामा पछिल्लो दुई हप्तामा कोभिड १९ का सङ्क्रमितहरु अस्पतालमा भर्ना हुनेहरूमा सामान्य वृद्धि रहेको छ।

अक्टोबर ३१ सम्म, दैनिक औसत २७,१८४ कोभिड १९ का बिरामीहरू राष्ट्रव्यापी अस्पतालमा भर्ना भएका थिए, जुन पछिल्लो १४ दिनको तुलनामा २ प्रतिशतले बढेको हो। समग्रमा, २८ राज्यहरूमा अस्पताल भर्नाहरू बढ्दै छन्, यद्यपि वृद्धिको मापन राज्य अनुसार धेरै फरक रहेको छ। गत हप्ता, सीडीसीले नयाँ भर्नाका लागि सात-दिनको औसत ३,२४९ भएको रिपोर्ट गरेको थियो, जुन लगभग दुई महिनाको गिरावट पछि १ प्रतिशतले वृद्धि भएको हो।

देशव्यापी रूपमा प्रचलित हुने उच्च सङ्क्रमण ओमिक्रोन सम्बन्धितहरूको जोडीको रूपमा भेटिने गरेका छन्।

औसत दैनिक कोभिड १९ का सङ्क्रमित अस्पताल भर्नामा सबैभन्दा ठूलो १४-दिन वृद्धि भएका दस राज्यहरूमा एरिजोनामा ३६ प्रतिशतले वृद्धि भएको छ भने अस्पताल भर्ना दैनिक औसत ४५४ रहेको छ। त्यसैगरी हवाई राज्यमा ३२ प्रतिशतले वृद्धि भएको छ भने अस्पताल भर्ना ८६ रहेको छ। भर्मन्ट राज्यमा ३१ प्रतिशत र अस्पताल भर्ना ७१ रहेको छ। नेब्रास्का राज्यमा २४ प्रतिशत र अस्पताल भर्ना १७७ रहेको छ।

यसैगरी इन्डियाना राज्यमा २३ प्रतिशत रहेको छ भने अस्पताल भर्ना ४३५ रहेको छ। विस्कॉन्सिन राज्यमा २१ प्रतिशत र अस्पताल भर्ना ५५२ रहेको छ। ओक्लाहोमा राज्यमा १८ प्रतिशत र अस्पताल भर्ना २५५ रहेको छ। न्यू मेक्सिको राज्यमा १८ प्रतिशत र अस्पताल भर्ना १२३ रहेको छ।

यसैगरी दक्षिण डकोटा राज्यमा १६ प्रतिशत र अस्पताल भर्ना ६८ रहेको छ भने ओमिङ राज्यमा १३ प्रतिशत र अस्पताल भर्नाको सङ्ख्या २१ रहेको छ।