पाँचौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको तयारी कार्य पूरा
2022-11-03 15:27:31CRI
Share with:

पाँचौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो(सीआइआइयी)नोभेम्बर ५ तारिखदेखि १० सम्म शाङहाईमा आयोजना हुनेछ। हाल एक्स्पोका विभिन्न प्रदर्शन क्षेत्रकासाथै सेवा तथा प्रत्याभूति कार्यको तयारी कार्य सम्पन्न भइसकेको छ।

 

यस एक्स्पोमा कृषि क्षेत्र तथा आर्टिफिस्यल इन्टेलिजेन्स क्षेत्र थपिनुका साथै ऊर्जा-श्रोत तथा कम कार्बन र वातावरण सुरक्षा प्रविधि क्षेत्रको सुधार गरिएको छ। साथै एक्स्पोको अवसरमा नयाँ उत्पादन वस्तुहरूलाई सार्वजनिक गर्न ९४ वटा कार्यक्रमको आयोजना गरिने भएको छ। एक सयभन्दा बढी वस्तु तथा सेवाहरू विश्वमा वा एसियामा वा चीनमा पहिलोपटक सार्वजनिक हुनेछन्।