चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले कम्बोडियाको औपचारिक भ्रमण गर्नुहुने
2022-11-04 19:41:26cri
Share with:

कम्बोडियाका राजा एबम् प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा चीनको राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङले नोभेम्बर ८ देखि १३ तारिखसम्म कम्बोडियाको नोम पेन्हमा आयोजना हुने २५ औँ चीन आशियान नेता स्तरीय बैठक, २५औँ आशियान तथा चीन जापान दक्षिण कोरिया नेता स्तरीय बैठक र १७औँ पूर्वी एशिया शिखर सम्मेलनमा भाग लिनुका साथै कम्बोडियाको औपचारिक भ्रमण गर्नुहुनेछ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्यानले नोभेम्बर ४ तारिख नियमित पत्रकार सम्मेबलनमा उक्त कुरा बताउनुभएको हो।

प्रवक्ता चाउका अनुसार चीन र कम्बोडिया असल मित्र र बलिया साथी हुन्। प्रधानमन्त्री लीको कम्बोडियाको भ्रमणले चीन कम्बोडियाद्वारा कृषि,विनिर्माण उद्योग, हरित अर्थतन्त्र, मावनीय आदानप्रदान आदि क्षेत्रको सहयोगलाई मजबुत बनाउने छ। पूर्वी एशिया सहयोग नेता स्तरीय शृङ्खलाबद्ध बैठकको सम्बन्धमा प्रवक्ता चाउले जनाएअनुसार वर्तमान विश्व आर्थिक पुनरुत्थान सुस्त छ, अन्तर्राष्ट्रिय सुरक्षा स्थिति अशान्त बन्दै गएको छ, क्षेत्रीय खाद्य, ऊर्जा र वित्तीय सुरक्षामा जोखिम बढ्दै गएको छ र यसको सामना गर्न सबै देशहरू मिलेर काम गर्न आवश्यक छ। केही समयअघि चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको थियो। जसले विश्व शान्ति कायम राख्ने र साझा विकास प्रवर्द्धन गर्ने र साझा भविष्यसहितको समुदाय निर्माणमा चीनले प्रयास गर्दै जाने स्पष्ट पारेको छ।